Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घरको छतबाट खसेर आठबिसकोटमा एक महिलाको मृत्यु

२०८० वैशाख २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ९ राडिबजार निवासी ३८ वर्षिया धनमाया शाहको घरको छतबाट खसेर मृत्यु भएको हो ।

मङ्गलबार बेलुका घरकाे छतबाट खसेकी उहाँलाई घर नजिकैको आठबिसकोट नगर अस्पतालमा लैजानै बित्तिकै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

उहाँ घरको तीन तला माथीबाट खस्नु भएको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्