Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
धानदिवस

धान रोपेर दहि च्युरा खाएर असार १५ को विदाई

काठमाडौं १६ असार ।
tribeni2

असार १५, आईतबार देशैभर धान दिवस मनार्ईको छ । साथै दहि च्युरा खाएर असार पन्ध्र मनाईएको छ । सरकारले बर्दियामा धानदिवसको विशेष कार्यक्रम गरेको थियो ।

मध्य असारमा रोपाईको मेलो सकेर अन्तीम दिन असार १५ मा रोपाई संगै दही खाएर धान रोपाईलाई विदाई गर्ने परम्परागत चलन रहिआएको छ । वर्षभरीका लागि अन्न उब्जाउन धान रोपेर सकेपछि थकान मेटाउन दहि खाने चलन छ ।

यसवर्षको असार १५ सम्मा मुलुकभर करिब १२ प्रतिशत मात्र धान रोपाई भएको छ । उच्च पहाडि क्षेत्रमा २६ दशमलव ३१ प्रतिशत, मध्य पहाडी क्षेत्रमा १५ दशमलव १२ र तराई क्षेत्रमा १० प्रतिशत रोपाई भएको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

मुलुकभर १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई गर्नुपर्नेमा अहिलेसम्म १ लाख ८० हजार ७ सय ५० हेक्टर क्षेत्रफल जमिनमा मात्र धान रोपाई भएको बालि विकास संरक्षण केन्द्रको तथ्यांकमा उल्लेख छ । असार १५ मा खेत खेतमा पुगेर विभिन्न व्यक्तीले गरेका

रोपाई कार्यक्रम हेरौं तस्विरमाः

धानदिवसमा आधुनीक मेसिनबाट धान रोपाइमा सहभागी कृषिमन्त्री चक्रपाणि खनाल बलदेव
रोपाईमा व्यस्त भरतपुर महानगरकि मेयर रेनु दाहाल
रोपाईको मेलो तयार गर्दै गोरखाका किसान
गृहजिल्ला गोरखामा हलिः पुर्व प्रधानमन्त्री डा‍ बाबुराम भट्टराई
रोपाईँमा किसानसंगै कृषिमन्त्री चक्रपाणि खनाल बलदेव

 

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  २२:०६
प्रतिक्रिया दिनुहोस्