Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका जनप्रतिनिधि र कर्मचारीलाई आयुर्वेद र योग शिक्षा

२०८० वैशाख २७
tribeni2

रुकुम पूर्व / आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले सिस्ने गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई आयुर्वेद तथा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बुधबार जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा सिस्ने गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको लागि दुई दिने आायुर्वेद तथा योग सम्बन्धी सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा स्वस्थ जीवनशैली प्रवर्द्धन, प्रकृतिमैत्री नमुना गाउँ शहरको बारेमा चेतनामूलक कार्यक्रम हुने आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख बिष्णुहरि आचार्यले जानकारी दिनुभयो ।

योग मार्फत मानिसको दैनिक क्रियाकलापमा परिवर्तन गराई स्वस्थ जीवनशैली अपनाउनका लागि सचेतना फैलाउन जनप्रतिनिधि तथा कर्मचारीबाटलाई उक्त कार्यक्रममा समावेश गरईएको बताईएको छ ।

उक्त कार्यक्रमको पहिलो दिन आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख आचार्यले योग तथा आसनको अभ्यास गराउनु भएको थियो । उहाँले अन्य शारीरिक व्यायाम भन्दा उचित तरिकाले योग गर्दा मानव शरीरलाई फाईदा हुने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले सहित अन्य जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्