Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षक र विद्यालय सहायकलाई लेखा व्यवस्थापन तालिम

२०८० वैशाख २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक र विद्यालय सहायकहरुलाई लेखा प्रणाली व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।

सानीभेरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखाले वैशाख २६ र २७ गते दुई दिने तालिम दिएको हो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टका अनुसार तालिममा लेखा, लेखा प्रणाली, लेखा प्रणालीको उद्देश्य, महत्त्व, सिद्धान्त, वर्गीकरण, दोहोरो लेखा प्रणाली लगाएतका विषयमा तालिम दिईएको छ ।

तालिमका सानीभेरी गाउँपालिका भित्रका ४५ वटा विद्यालयका शिक्षक तथा विद्यालय सहायकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्