आफ्नै जेल यात्रालाई प्रस्तुत गरिएको पल शाहको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

'तिमीलाई हेर्ने बानी पर्‍यो'
२०८० वैशाख २८

काठमाडौं / अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्नु चौधरीको आवाज रहेको गीत 'तिमीलाई हेर्ने बानी पर्‍यो' मा अभिनेता शाहले आफ्नै जेल यात्रालाई प्रस्तुत गर्नुभएको हो । 

गीतमा अभिनेता शाहसँगै सनिशा भट्टराईलाई देख्न सकिन्छ । 

पुष्प प्रधानको शब्द र सङ्गीत रहेको गीतमा एसोसिएट डाइरेक्टरको रूपमा शान थापा तथा राजीव समरको कोरियोग्राफी छ । गीतमा प्रेमिकाको भूमिकामा सनिशा भट्टराईसँगै आमा सूर्यमाला खनाल, बहिनी, प्रिन्सु तिवारी र बुवाको भूमिकामा प्रकाश अधिकारी हुनुहुन्छ ।

पल शाह अफिसियल युटुब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्