Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहायक वन अधिकृतको घर–जग्गासमेत जफत गर्न माग

२०८० वैशाख २९
tribeni2

काठमाडौँ / मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार मिश्र सेवा प्रवेश गरेको मिति २०३६ फागुन १० देखि २०७० मङ्सिर १६ सम्मको अवधिमा ९६ लाख ६८ हजार ५७ रुपियाँ जम्मा आयआर्जन गरेको देखिएको छ । उहाँले गरेको खर्च तथा लगानी एक करोड ६९ लाख २० हजार ५३८ रुपियाँ देखिन्छ ।

आयआर्जनमा खर्च तथा लगानी घटाउँदा ७२ लाख ५२ हजार ४८० रुपियाँको स्रोत खुलेको देखिएन । आयोगले उक्त रकमबराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त आम्दानीबाट खरिद गरिएको जग्गा विष्णुकान्त मिश्रकी श्रीमती हीरादेवीको नाममा रहेकोमा उक्त जग्गा र त्यहाँ बनेको घर पनि जफत गर्न माग गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्