Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तनहुँमा पोखरीमा पौडी खेल्दा दुई बालकको मृत्यु

तनहुँ १७ असार ।
tribeni2

इट्टाभट्टीको पोखरीमा पौडी खेल्दा तनहुँमा आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–२ जामुनेका ७ वर्षीय सुन्दर शाही र ४ वर्षीय किस्मत शाही रहेका छन् । दुवै भाई कृष्ण बहादुर शाहीका छोराहरु हुन् ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो नजिकैको इट्टाभट्टीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

तीन जना मिलेर पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको र अर्का एक बालकको जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्