सोसल मिडिया
जाजरकोट / वनमा लागेको आगो निभाउने क्रममा जारकोटमा एक जनाको ज्यान गएको छ ।
जाजरकोटको भेरी नगरपालिका ७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो ।
बिहिाबार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका -७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो दिउँसो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको हो । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।