Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खलंगा बहुमुखी क्याम्पसमा विद्यार्थी, प्राध्यापक र प्रशासन बिच अन्तरक्रिया

२०८० वैशाख २९
tribeni2

रुकुम पश्चिम / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मुसिकोट खलंगा बहुमुखी क्याम्पसले शुक्रबार विद्यार्थी, क्याम्पस प्रशासन तथा प्राध्यापकहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

स्ववियु अध्यक्ष रमेश लामिछानेका अनुसार शैक्षिक गुणस्तर क्याम्पस सुधार, बिद्यार्थीहरुलाई अधिकतम सेवा सुबिधा दिने र पठनपाठनलाई नियमित बनाउने बिषयमा अन्तरक्रिया गरिएको हो ।

बिद्यार्थीहरु, क्याम्पस प्रशासन र प्राध्यापकहरु बिचमा भएको अन्तरक्रियामा किताबको व्यवस्थापन, खानेपानीको व्यवस्था लगायतका बिषयमा छलफल भएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

उहाँले क्याप्पसमा फूल टाईम नियुक्त हुनुभएका प्राध्यापकहरु क्याम्पस समय अवधिभर क्याम्पसमा बस्नुपर्ने, आउने र जाने समयमा अनिवार्य हाजिरी गर्नुपर्ने, सामाजिक सञ्जालमा क्याम्पस र स्ववियु बिरुद्धमा राजनीतिक गन्ध आउने गरी स्टाटस लेख्ने बिषयमा समेत छलफल भएको बताउनुभयो । अपुग प्राध्यापकहरुको विषयमा समेत छलफल भएको बताईएको छ ।

स्ववियु अध्यक्ष रमेश लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमको प्रमुख आथित्यता रहेको थियो भने पूर्व क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्माको बिशेष आथित्यता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन स्ववियु सह सचिव नरेन्द्र खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष करिष्मा केसीले राख्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्