Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ रुकुममा सदस्यता शुद्धीकरणबारे छलफल

२०८० वैशाख ३१
tribeni2

रुकुम पश्चिममा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण विषयमा छलफल भएको छ ।

२०७९ पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट “सदस्यता शुद्धीकरण अभियान २०७९” थालनी गर्ने निर्णय भएको र सोहि अनुसार केन्द्रिय कार्य समितिले जिल्लाहरुमा “सदस्यता शुद्धीकरण अभियान २०७९“ लाई सफल बनाउन अनुरोध गरेपछि शनिबार जिल्लामा छलफल भएको हो ।

जिल्लामा रहेका नेपाल पत्रकार महासंघको साधारण सदस्यहरुको विवरण संकलन गर्नको लागि सदस्यता नविकरण तथा सदस्यता सिफारिस समितिलाई जिम्मा दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति उपाध्यक्ष गोपाल रेग्मीको संयोजकत्वमा सचिव हिरा परियार र सदस्य संगम देवकोटा रहेको समितिले सदस्यहरुको लिस्ट बनाउने भएको छ ।

समितिले तयार बनाएको विबरणको आधारमा को पत्रकारीतामा सक्रिय छ ? को छैन ? भन्ने विषयमा छलफल हुने जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । छलफलले नेपाल पत्रकार महासंघको साधारण सदस्य लिएको तर पत्रकारीता पेशामा सक्रिय नभएकाहरुलाई सदस्यता त्यागको स्वघोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको पनि अध्यक्ष केसीले बताउनुभयो ।

सदस्यता शुद्धिकरण अभियानलाई सफल पार्नको लागि पत्रकार संगठकहरु साझारुपमा प्रतिबद्धता जनाउने छलफल पनि भएको छ ।

छलफलमा प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्का, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य अमरराज पुन लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । हाल रुकुम शाखामा १०३ जना साधारण सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्