Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा आठ जनामा कोरोना संक्रमण

२०८० वैशाख ३१
tribeni2

रुकुम पश्चिममा आठ जनामा कोरोना संक्रमण देखा परेको छ ।

जिल्ला अस्पताल सल्लेमा गरिएको एन्टीजेन परिक्षणबाट आठ जनामा कोरोना पोजेटिभ देखाएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीका अनुसार वैशाख २६ गते यता कोभिड १९ को शंका लागेका बिरामीमा ल्याब टेष्ट गर्दा केहिमा पोजेटिभ रिजल्ट देखाएको हो ।

संक्रमित सबैजना होम आईशोलेशनमा रहेको बताईएको छ । संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिकाका चार जना रहेका छन् भने आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका एक एक जना रहेका छन् । एक जना भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाका रहेका छन् ।

अस्पतालमा आएका बिरामी मध्य शंका लागेका बिरामीलाई जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

परिक्षणको दायरा बढाएमा कोरोना संक्रमितहरुको संख्या बढ्न सक्ने बताईएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्