Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेत्रज्योती संघ रुकुमको नयाँ कार्यसमिति चयन

२०८० वैशाख ३१
tribeni2

रुकुम पश्चिम / नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रूकुम पश्चिमको सभापति शिवराम खत्री चयन हुनुभएको छ ।

सोमबार मुसिकोट खलंगामा भएको संघको निर्वाचनबाट खत्री सभापतिमा चयन हुनुभएको हो ।

निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार संघको सदस्यहरुमा टेकबहादुर कुसारी, विष्णुबहादुर बुढाथोकी, खम्बुसिंह थापा, तेजबहादुर खत्री, शरद गौतम, रमा गौतम, चन्द्रबहादुर केसी, यज्ञ बहादुर केसी, डम्बर थापा, दिनेश खड्का चयन हुनुभएको छ ।

त्यसैगरी संघको महिला सदस्यमा तारा चन्द र दुर्गा बिसी चयन हुनुभएको छ । कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

संघले मुसिकोटमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ भने आँखा सम्बन्धि उपचार सेवाका लागि विभिन्न गतिविधिहरु गर्दै आईरहको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्