Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

म पत्रकार हुँ भन्दै घुस लिने पक्राउ

tribeni2

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंह सहित दुईजनाले भ्रष्टाचार गरेको पाईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार सिंह र सुनिल न्यौपानेविरुद्ध आज विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचारको आरोपसहीत मुद्धा दायर गरेको हो ।

अख्तियारले दायर गरेको आरोपपत्रमा दाङको घोराही स्थित उखुवारी सडकखण्डमा ड्यूटीमा रहेका बेला प्रहरी हवल्दार सिंहले चेकजाँचको क्रममा मोटरसाईकल चालकसँग जरिवानावापत २ सय सय रुपैंया लिएका थिए ।

त्यसलगत्तै आफू पत्रकार भएकोले घुस लिएको भिडियो बनाईदिएको भन्दै न्यौपानेले १ लाख रुपैंया बार्गेनिङगरेर घुस रकम लेनदेन गरेको उजुरी परेपछि अख्तियारले छानवीन गरेको थियो ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले न्यौपानेलाई ५५ हजारसहीत पक्राउ गरेको थियो । सोही आधारमा प्रहरी हवल्दार सिंहले समेत घुस लिएर भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०५:०७
प्रतिक्रिया दिनुहोस्