Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि गाउँमै निःशुल्क भिडिओ एक्सरे सेवा उपलब्ध गराएको छ ।

चार दिन नगरपालिकाको विभिन्न स्थानहरुमा पुगेर शिविर मार्फत प्रदान गरेको भिडियो एक्सरे सेवा कार्यक्रमबाट ३८ जनाले एक्सरे गराएका छन् ।

गाउँमा रहेका गर्भवती महिला र जेष्ठ नागरिकहरुको सहजताको लागि चार स्थानमा शिविर आयोजना गरेर भिडियो एक्सरे गरिएको नगरस्मृति अस्पतालका डा. विवेक केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोट स्वास्थ चौकीमा गरिएको शिविरमा १० जना, वडा नम्वर १४ को सहरी स्वास्थ इकाई केन्द्रमा १३ जना, वडा नम्वर १२ को आधारभुत स्वास्थ सेवा केन्द्रमा ९ जना र वडा नम्वर ६ को पुर्तिमकाँडा स्वास्थ्य चौकीमा मा ६ जना गरेर ३८ जनाले भिडियो सेवा पाएका छन् ।

नगरपालिकाको निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा कार्यक्रम अन्तर्गत उक्त सेवा प्रदान गरिएको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा जेष्ठ नागरिकहरुको पनि स्वास्थ्य जाँच गरिएको छ ।

शिविरमा नगरस्मृति अस्पताल चिन्नेबगरका डा. विवेक केसी, सिनियर अनमी फन्जु रोकाय ओली, कोटजहारी अस्पतालमा कार्यरत अनमी स्वस्तिका गहतराज, शहरी स्वास्थ्य इकाई तिमिलेका इन्चार्ज कृण्णबहादुर विष्ट लगाएतले सेवा दिनुभएको थियो ।

गाउँमै निशुल्क रुपमा भिडियो एक्सरे सेवा पाउँदा सेवाग्राहिहरु खुसी भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्