Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तेस्रो त्रैमासिकमा पनि रुकुम पश्चिम प्रशासन देशभरमै प्रथम

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम आन्तरिक कार्यसम्पादन मूल्याङकनमा देशभरमा सर्वोत्कृष्ट भएको छ ।

गृह मन्त्रालयले गरेको तेस्रो त्रैमासिक कार्यसम्पादनको परिणाम अनुसार रुकुमपश्चिम प्रशासन पुनः सर्वोत्कृष्ट भएको हो ।

आर्थिक वर्ष ०७९/८० को पहिलो र दोश्रो त्रैमासिक कार्यसम्पादनमा उत्कृष्ट बनेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम तेस्रो त्रैमासिकमा पनि सर्वोत्कृष्ट भएको कार्यालयले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार तेस्रो त्रैमासिकमा भएको मूल्याङकनको १४.५ पूर्णाङकमा रुकुम प्रशासनले १४.५ अङक ल्याएर देशभरका जिल्ला प्रशासन मध्य सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालयले यस अघि गरेको कार्यसम्पादन मूल्याङकन अनुसार पहिलो त्रैमासिकको २४.५ पूर्णाङकमा २४.४ र दोश्रो त्रैमासिकको १६.५ पूर्णाङमा १६.४ अङकसहित सर्वोत्कृष्ट भएको निमित्त प्रजिअ बडुवालले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समुहमा वर्गिकरण गर्ने गरेको छ ।

शान्ती सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रवन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मुआब्जा बितरण तथा विकास सहजिकरण अन्तर्गतका शिर्षकहरुमा आधारित रहेर मूल्याङकन गर्ने गरेको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्