Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको बाल सञ्जालको अध्यक्षमा हिरा कुसारी

tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गाउँपालिका स्तरिय बाल संजाल पुनर्गठन तथा बाल अधिकार संरक्षण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

साेमबार भएकाे कार्यक्रमबाट बाल सञ्जालको अध्यक्षमा हिरा कुसारी चयन हुनुभएको छ । १७ सदस्यीय पालिका स्तरीय बाल संजालको उपाध्यक्षमा बिशाल बि.क., सचिवमा अमृत के.सि., सहसचिवमा धर्म ओली र कोषाध्यक्षमा केशव नकाल रहनुभएको छ ।

बालविवाह, हिंसा, शोषण, दुर्व्यवहारबाट बालबालिकालाई सुरक्षित गराउने, बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय सम्म पुर्याउन यो समितिले ठूलो मद्दत गर्ने सानीभेरी गाउँपालिका बाल अधिकार अधिकृत मानबिर ओलीले बताउनुभयो ।

सानीभेरी गाउँपालिकाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सानीभेरी गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा ९ नम्बर वडा अध्यक्ष शेर बहादुर खड्का, महिला तथा बालबालिका शाखा सानीभेरी गाउँपालिकाकी सहायक महिला विकास निरीक्षक लिला शर्माको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बाल अधिकार अधिकृत मानबिर ओलीले गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका भित्रका ११ वटै वडा वाट ४५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्