Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमालेद्वारा मुसिकोटमा भ्रष्टाचार बिरुद्ध प्रदर्शन

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोेट खलंगामा भ्रष्टाचार बिरुद्ध जनप्रदर्शन गरेको छ ।

‘भ्रष्टाचारीलाई कारबाहि गर, सुशासन कायम गर’ भन्ने मूल नाराका साथ बुधबार एमालेले नाराबाजिसहित प्रदर्शन गरेको हो । पार्टीका प्रचार बिभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार भ्रष्टाचार बिरुद्धका नाराअंकित प्लेकार्ड, नारा तथा जुलुस सहित खलंगा बजार परिक्रमा गरिएको हो ।

३० ओँ मदन आश्रित स्मृति दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध प्रदर्श गरिएको ओलीले जानकारी दिनुभयो । सरकारलाई भ्रष्टाचार बिरुद्ध सशक्त भएर लाग्न दवाव दिने उद्धेश्यले प्रदर्शन गरिएको बताईएको छ ।

जुलुसपछि पुष्पलाल चोकमा कोण सभा समेत गरिएको थियो । कोण सभालाई सम्बोधन गर्नुहुँदै एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार बिरुद्ध साँच्चिकै लागेको हो भने वैचारिक आस्था हेर्न नहुने बताउनुभयो ।

भुटानी शरणार्थी प्रकरणले देश तातेको उल्लेख गर्नुहुँदै उहाँले भ्रष्टाचारका कुनै पनि मुद्धामा दोषि उम्कने र निर्दोष फस्न नहुने उल्लेख गर्नुभयो । आफ्नालाई जोखाउने र फरक राजनीतिक आस्था राख्नेलाई फसाउने नियत सरकारले राख्न नहुनेमा अध्यक्ष देवकोटाले जोड दिनुभयो ।

कोण सभाको सञ्चालन एमालेका जिल्ला सचिव शशिराम नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्