Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -९ हासिबाङमा ट्याक्टर दुर्घटना भएको छ । बिहिबार बेलुका भएको दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

घटनास्थलमा रहनु भएका पत्रकार नारायण ओलीका अनुसार आज (बिहिबार) बेलुका सानीभेरी गाउँपालिका ९ हासिबाङको खारखोलामा रा १ त ३७९० नम्वरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने हुन सकेको छैन ।

मृतकलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ भने घाईते दुबै जनालाई उपचारको लागि चौरजहारी अस्पताल पठाईएको छ । घाईतेहरुको पनि पहिचान खुलेको छैन । दुबै घाईतेको अवस्था गम्भिर रहेको जनाईएको छ ।

सानीभेरी गाउँपालिका ९ को सुलिहालेबाट मुसिकोट नगरपालिका १४ को बाघखोर तर्फ बालुवा लिएर जाँदै गरेको ट्याक्टर खारखोलामा दुर्घटना भएको हो ।

प्रहरीले घटनाको बिस्तृत विवरण आउन बाँकि रहेको जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्