Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ट्याक्टर दुर्घटनामा परेर मृत्यु र घाईते हुनेको पहिचान खुल्यो (अपडेट)

tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ हासिबाङमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुने र घाईते हुनेको पहिचान खुलेको छ ।

बिहिबार बेलुका हासिबाङको खारखोलामा रा १ त ३७९० नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियोे भने दुई जना घाईते हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर १४ का १८ बर्षका हेमराज ओलीको मुत्यु भएको हो । उहाँको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

दुर्घटनामा परेर घाईते हुनेमा सोहि वडाका चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडा नम्बर ११ का शेर बहादुर परियार घाईते हुनुभएको छ ।

घाईते दुबैजनालाई उपचारको लागि चौरजहारी मिसन अस्पतालमा लिईएको छ । घाईते मध्य खड्को अवस्था गम्भिर रहेको बताईएको छ । घाईतेलाई उपचारको लागि हेलिकोप्टर मार्फत जिल्ला बाहिर लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

सानीभेरी गाउँपालिका ९ को सुलिहालेबाट मुसिकोट नगरपालिका १४ को बाघखोर तर्फ बालुवा लिएर जाँदै गरेको ट्याक्टर अनियन्त्रित हुँदा खारखोलामा दुर्घटना भएको थियो ।

सानीभेरीमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्