Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि १५ सदस्य चयन

पहिलो बैठकबाट पदाधिकारी चयन हुने
tribeni2

रुकुम पश्चिम / लामो समयसम्म बिवादित रहेको रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमको कार्यसमिति चयनका लागि १५ सदस्य चयन गरिएको छ ।

शनिबार मुसिकोटमा सम्पन्न भएको संघको १४ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट १५ सदस्यहरु निर्विरोध चयन गरिएको हो ।

निर्वाचित हुने सदस्यहरुमा पलबहादुर खड्का, दलबहादुर खड्का, रविन्द्रकुमार बिष्ट, टंकलाल सन्यासी, अनिल बुढा र रमेश खड्का रहनुभएको छ । त्यसैगरी रुपलाल बिष्ट, गोकर्ण मल्ल, कस्तुप नेपाली, तेजबहादुर बटाला, डम्बर केसी, नवराज बाँठा, धनबहादुर ओली, झगबिर सुनार र दयाराम खत्री पनि सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको बताईएको छ ।

अव पहिलो बैठकबाट पदाधिकारी चयन हुने नवनिर्वाचित सदस्य टंकलाल सन्यासीले जानकारी दिनुभयो । संघको विधान अनुसार पहिलो चरणको निर्वाचन प्रक्रियाबाट सदस्यहरु र दोस्रो चरणको निर्वाचनबाट सदस्यहरु मध्यबाटै पदाधिकारी चयन हुने व्यवस्था रहेको छ । पदाधिकारी चयन र बाँकी सदस्य मनोनयनका लागि पहिलो बैठक सोमबार बोलाइएको छ ।

पहिलो बैठकले एकजना अध्यक्ष, एक जना बरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने छ । त्यस्तै बाँकी सदस्य पनि मनोनित हुने छन् । यो संगै उद्योग वाणिज्य संघले लामो समयपछि निकास पाएको छ ।

उद्योग वाणिज्य संघ रुकुम पश्चिम ८ वर्ष देखि नेतृत्व विहिन अवस्थामा थियो । पटक पटक प्रयास गर्दा पनि नेतृत्व चयन हुन सकेको थिएन् । आर्थिक अनियमिता भएको भन्दै लामो समय देखि उद्योग वाणिज्य संघ विवादित बनेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्