Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोट १ मा पहिलोपटक गाडी पुगेपछी गाउँमा खुसीयाली

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १ सडक सञ्जालमा जोडिएको छ ।

जिल्लाकै विकट मानिने यस वडामा सडक सञ्जाल जोडिएपछि गाउँमा पहिलोपटक गाडि पुग्दा स्थानीयवासी खुसी भएका छन् ।

शनिवार वडा नम्वर १ मा पुगेका दुईवटा ट्याक्टर र डोजर पुगेपछि स्थानीयले चालक र जनप्रतिनिधिलाई फुलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुशीयाली साटेका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भीर फुटाउन नसक्दा वडा नम्वर १ र २ का नागरिक वडा नम्वर ३ हुँदै एक दिन पैदल हिडेर पालिका आउन बाध्य थिए । अब भने पालिका आउजाउ गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडकसञ्जालमा जोड्न सफल भएको बताउनुभयो ।

यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्री सहितकाे डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्