Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ओढारमा लुकाएको आठ नाल बन्दुक भेटिए

tribeni2

रुकुम पश्चिममा ओढारमुनि लुकाई राखेको अवस्थामा आठ नाल भरुवा बन्दुक फेला परेका छन् ।

शनिबार बेलुका प्रहरीले जिल्लाको मुसिकोट नगरपालिका ८ बाट बेवारिसे अवस्थामा रहेका आठ नाल बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार ओखरधाराभिर सामुदायिक वनको ओढारमा लुकाईछिपाई राखेको अवस्थामा बन्दुक फेला पारिएको हो ।

जंगलको ओढारमा लुकाएर राखेका खाली बन्दुकहरु सिकार खेल्नको लागि प्रयोग गरिएको हुनसक्ने प्रहरीको भनाई रहेको छ । प्रहरीलाई प्राप्त सूचनाको आधारमा खोजतलास गर्दैजाँदा ओढारमुनि लुकाईएको अवस्थामा बन्दुक फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले भरुवा बन्दुक फेला पारेको हो । फेला पारिएका बन्दुकहरु प्रहरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

उक्त बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि पनि उक्त वडाको जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्