Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको सदरमुकाममा खानेपानीको समस्या

tribeni2

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा एक साता देखि खानेपानीको समस्या भएको छ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगा बजारसँगै कारागार लगायतका बजारक्षेत्रमा खानेपानीको अभाव सिर्जना भएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदिबन्दीहरुलाई थप समस्या भएको छ । पीउने पानी, शौचालयको प्रयोग र सरसफाईको लागि पानीको अभाव हुँदा छिमेकी घरहरुबाट सहयोग मागेर समस्या टार्ने गरिएको निमित्त प्रजिअ बढुवालले जानकारी दिनुभयो ।

कारागारमा पानीको समस्या नहोस् भने मुहानबाट सिधा लाईन जोडिएको तर गर्मिबढेसँगै पानीका मुहान सुक्न थालेपछि समस्या सिर्जना भएको हो ।

मुसीकोट नगरपालिका –१ का अनिल बुढाले हप्तादिन यता घरमा जोडिएको खानेपानीको पाईपमा पानी आउन छोडेको बताउनुभयो । सदरमुकामकै मुख्य केन्द्रमा खानेपानीको अभाव भएपछि सहिद मैदान र टटेलामा रहेका धारामा पुगेर पानी बोक्न बाध्य भएको बुढाले उल्लेख गर्नुभयो ।

खानेपानीको अभाव हुन थालेपछि खलङगामा बस्ने बिद्यार्थी, कर्मचारी र व्यापारीहरु समेत प्रभावित भएका छन् । पढ्ने बेलामा पानी बोक्नुपर्ने भएपछि पढाईको नियमित काममा असर परेको बिद्यार्थीहरुले गुनासो गरेका छन् ।

सदरमुकाममा खानेपानी वितरण गर्दै आईरहेको मुसीकोट खलङगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मुख्य पाईपलाईनमा समस्या आएकोले पानी आपूर्ति हुन नसकेको जनाएको छ ।

संस्थाका महासचिव महेन्द्र गौतमका अनुसार जिल्ला हुलाक कार्यालय नजिकै बाटो र घर निर्माण गरिरहेकाहरुले बारम्बार माटो फालिदिने गरेकोले पाईप भाँचिएको छ । जसको कारण मुसीकोटको खलङगा बजार, कारागार, सेरिगाउँ, सल्ले पिपलनेटा, रावलबारा, ढांगीचौर, मठ लगायतका क्षेत्रमा खानेपानीको समस्या देखा परेको हो ।

एकिकृत कार्यालय भवन निर्माण, सडक निर्माण र केहि व्यक्तिका घरहर बनाउने क्रममा जथाभाबि माटो फालिएपछि खानेपानीको पाईप लाईनमा क्षति पुगेको हो ।

महासचिव गौतमले पाईप मर्मतको सामाग्री काठमाडौंबाट ल्याउनुपर्ने भएकोले ढिलाई भएको जनाउनुभयो । समस्याको तत्काल समाधातर्फ संस्था लागिरहेको उहाँको भनाई छ । संस्थाले मुसिकोटका एक हजार ५६ घरधुरीमा खानेपानी वितरण गर्दै आईरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्