Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राडिमा अपांगताको बिषयमा चेतनामूलक कार्यक्रम, चार जनालाई सम्मान

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडिमा अपांगताको सवालमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोग र अपांग पुर्नउत्थान विकास केन्द्र आठविसकोटको आयोजनामा आईतबार एक दिने जनचेतनामुलमुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

वडा सचिव कुमार ओलीका अनुसार वडा भित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई उहाँहरुका कानूनी अधिकार र ती अधिकारको उपयोग बारेमा जानकारी दिईएको छ । कानून व्यवसायी अनिता रेग्मीले अपांगता भएका व्यक्तिहरुका कानूनी व्यवस्था, अधिकार, अधिकार प्राप्तीको प्रक्रिया लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष जनक बहादुर बटालाले अशक्त तथा अपांगता भएका व्यक्तिहरु अधिकार, राज्यबाट पाउने सेवा सुविधासहित सचेतना जगाउन एक दिने सचेतिकरण कार्यक्रम गरिएको बताउनुभयो ।

उक्त कार्यक्रमको अवसरमा अपांग पुर्नउत्थान केन्द्रले चार जनालाई सम्मान गरेको छ । वडा सदस्य नवराज मल्लका अनुसार वडा नम्बर ९ पुर्व वडा अध्यक्ष तारक बहादुर शाही, वडा नम्बर १२ का वडा अध्यक्ष खुम्बे कुसारी, प्रमुख प्रशासकीय अधिकृत मनिराज शाह र जगविर बटालालाई सम्मान गरिएको हो ।

वडा अध्यक्ष जनक बहादुर बटालाको अध्यक्षता रहेको उक्त कार्यक्रममा नगर प्रमुख रबि केसिको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव तारक बहादु शाही, नेकपा एमाले नगर कमिटी अध्यक्ष दिनेश चन्द, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य प्रेमजंग शाह, कानुन व्यवसायी अनिता रेग्मी लगायतको आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा २४ जना अपांगता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्