Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्याम्पसका प्राध्यापकहरुलाई खोज बिधि तालिम

tribeni2

रुकुम पश्चिम / मुसिकोट खलङगा बहुमुखी क्याम्पसमा तीन दिने खोज बिधि सम्बन्धि तालिम सुरु भएको छ ।

शिक्षण क्रियाकपालमा खोज बिधि अबलम्बन गर्ने, थेसिस निर्माण तथा प्रपोजल निर्माणका लागि मार्गदर्शन गर्ने गरी तालिमको आयोजना गरिएको क्याम्पसले जानकारी दिएको छ । सोमबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले खोज बिधि तालिम कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

तालिम उद्घाटन सत्रमा नगर प्रमुख केसीले खोज बिधिले शैक्षिक क्रियाकपापका साथै विभिन्न समस्याको पहिचान तथा समाधानमा सघाउ पुग्ने विश्वास गर्नुभयो । उहाँले विषयगत विज्ञता बढाउन र शिक्षकहरुमा सकारात्मक उर्जा दिन तालिम प्रभावकारी हुनुपर्ने जनाउनुभयो ।

विश्व बिद्यालय अनुदान आयोगको सहयोगमा तालिम सुरुवात गरिएको क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार अनुसन्धात्मक शिक्षण पद्धतीमा जोड दिने गरेर तालिम सञ्चालन गरिएको हो ।

तालिममा क्याम्पसका २५ जना प्राध्यापकहरुको सहभागिता रहेको छ । आयोजक मुसिकोट खलङगा बहुमुखी क्याम्पस, रुकुमेली क्याम्पस, यमुनानन्द नमूना मावि, सिम्रुतु क्याम्पस र अन्य क्याम्पसका शिक्षकहरुका शिक्षकहरुको तालिममा सहभागिता रहेको छ ।

तालिमको सहजिकरण नेपाल खुला विश्वबिद्यालयका उप प्राध्यापक डा. जीवन खनाल, नेपाल खुला विश्वबिद्यालयका गणित बिषय निर्देशक डा‍ रुमा मानन्धर पाठक, नेपाल खुला विश्वबिद्यालयका उप प्राध्यापक डा. अनिला झा र मध्यपश्चिम बिश्व बिद्यालयका उपप्राध्यापक लक्ष्मी आचार्यले गर्नुहुने मुसिकोट खलङगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्राध्यापक मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सीप विकास, खोज शैली र समय व्यवस्थापनको बिषयमा तालिम केन्द्रित रहने छ ।

क्याम्पसले आगामी जेठ १३, १४ र १५ गते गुणस्तर सुनिश्चितता सम्बन्धि तालिम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्