Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पिपलको लामाचौरमा सिंचाई नहर बन्दै

tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ पिपलमा एक सिंचाई नहरको काम तिब्र गतिमा भईरहेको छ । पिपलको लामाचौर सिंचाई नहरको काम तिब्र गतिमा भईरहेको हो ।

उक्त नहरको जिम्मा स्थानीय जनधारा बहुउद्देश्यीय सहकारी संस्थाले लिएको छ । सहकारीका अध्यक्ष डिलबहादुर नाथका अनुसार आगामी जेठ १५ गतेसम्म काम सक्ने गरेर नहर निर्माणको काम भईरहेको छ । अध्यक्ष नाथले अहिले लामाचौर देखि टाङ्सीसम्म कुलो निर्माणको काम चलिरहेको बताउनुभयो ।

संघीय सरकारको सशर्त अनुदान अन्तर्गत बाँफिकोट गाउँपालिका कृषि बिकास शाखाद्वारा सन्चालित सिंचार्इ नहर बाँफिकोट गाउँपालिका वडा नम्वर २ को कार्यालयको पहलकदमीमा निर्माण भईरहेको हो ।

वडाध्यक्ष प्रकाश खत्रीका अनुसार सिंचाई कुलो निर्माणका लागि ६ लाख बजेट प्राप्त भएको छ । वडा कार्यालयले निर्माणाधिन लामाचौर सिंचाई नहरको अनुगमन गरेको वडाध्यक्ष खत्रीले उल्लेख गर्नुभयो ।

हाल १७५ मिटर लामो नहर निर्माण पश्चात हुने र निर्माण पश्चात लामाचौर क्षेत्रमा रहेका खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुग्ने छ । यस योजनाबाट २५ घरपरिवार प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष खत्रीले जनाउनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्