Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मोरङ

विराटनगरबाटै भित्रियो २ अर्ब बढीको तरकारी

मोरङ २२ असार ।
tribeni2

चालु आर्थिक वर्षको बैशाखसम्म विराटनगर भन्सार कार्यालयबाट २ अर्ब २ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा २ अर्ब २२ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको थियो ।

सबैभन्दा बढी आयात हुने तरकारीजन्य वस्तु मध्ये आलु र प्याज रहेको छ । यसैबीच, सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण नगरी ल्याउन मिल्ने जनाएपनि विराटनगर भन्सार कार्यालयले भने विभागबाट आफूहरुलाई उक्त पत्र नआएको भन्दै अझै विषादी परीक्षण नगरिएका तरकारीजन्य वस्तुको जाँचपास गरेको छैन ।

भारतबाट तरकारी आयात कम भएपछि विराटनगरस्थित गुद्री बजारमा पहाडको तरकारी बिक्री वितरण भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्