Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन

अध्यक्षमा पलबहादुर, बरिष्ठ उपाध्यक्षमा दलबहादुर, महासचिवमा अनिल
tribeni2

रुकुम पश्चिम / रुकुम उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति चयन भएको छ । मुसिकोटमा सम्पन्न संघको १४ औ साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्विरोध निर्वाचित सदस्यहरु मध्यबाट सोमबार सर्वसम्मत पदाधिकारी टुंगो लगाईएको हो ।

संघको अध्यक्षमा पल बहादुर खड्का चयन हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश हमालले जानकारी दिनुभयो । उहाँका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा दलबहादुर खड्का, उपाध्यक्षमा रबिन्द्र कुमार बिष्ट र दयाराम खत्री चयन हुनुभएको ।

त्यसैगरी संघको महासचिवमा अनिल बुढा, सचिवमा रमेश खड्का र कोषाध्यक्षमा धनबहादुर ओली चयन हुनुभएको छ ।

संघको सदस्यहरुमा टंकलाल सन्यासी, गोकर्ण मल्ल, डम्बर केसी, कस्तुप नेपाली, तेजबहादुर बटाला, नवराज बाँठा, दिपिका चन्द, झगबिर सुनार र रुपलाल बिष्ट. निर्वाचित हुनुभएको छ ।

संघमा आर्थिक पारदर्शिता नभएको भन्दै २०७५ सालदेखि संघ विवादित अवस्थामा रहेको थियो । २०७१ मंसिर २ को निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्य अवधि २०७५ असार २२ मा सकिएको थियो । त्यसपछि विवादित अवस्थामा रहेको संघमा कार्यसमिति चयन हुन सकेको थिएन ।

विवादित संघको समस्या समाधानका लागि २०७६ साल भदौ २५ गते ६ महिनाको कार्य अवधि राखेर पल बहादुर खड्काको संयोजकत्वमा एक समिति निर्माण गरिएको थियो । उक्त समितिले गत शनिबार निर्वाचन गरेर सदस्यहरु चयन गरेको थियो । निर्वाचित सदस्यहरु मध्यबाट सोमबार पदाधिकारी टुंगो लगाइएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्