Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा ७० बर्षिया सानीआमालाई बलात्कार गरेर भतिजा फरार

tribeni2

रुकुम पश्चिममा ७० वर्षिया एक बृद्धालाई बलात्कार गरेको आरोप लागेका पुरुष फरार रहेका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका –१ की ७० वर्षिया बृद्धालाई जबरजस्ती बलात्कार गरेको आरोप लागेका ५७ वर्षिय एक पुरुष फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फरार रहेका ती पुरुष माथी घरमै बसीरहेकी बृद्धालाई मदिरा सेवन गरेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार बैशाख २५ गते मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको छ ।

बलात्कारको आरोप लागेका पुरुष फरार रहेको र खोजी कार्य तिब्र पारिएको उहाँले जानकारी दिनुभयो । आरोपी र पीडित बृद्धा बीच सानीआमा र भतिजाको नाता रहेको छ ।

प्राप्त जानकारी अनुसार गत वैशाख २३ गते घरमै बसीरहेकी बृद्धालाई जबरजस्ती करणी गरेको अवस्थामा पीडितकी बुहारीले फेला पारेकी थिईन । बुहारीले तत्कालै आफन्तलाई खबर गरेपछि आरोपी भागेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्