Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घरकै बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

tribeni2

रुकुम पश्चिम / सहोदर बुहारीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर २ का ५५ बर्षिय भिमबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार गिरीलाई गत आईतबार पक्राउ गरिएको हो । पीडितले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

आरोपी गिरी बिरुद्ध जबरजस्ती करणी मुद्धामा सात दिन अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार छोरा घरमा नभएको बेला करिब सात वर्ष देखि गिरीले बुहारीलाई बलात्कार गर्दै आएको बताईएको छ । बाहिर भनेमा बेईज्यत हुने, घरबार बिग्रिने, जे पनि गर्न सक्ने भन्दै ससुराले त्रास दिने गरेकोले लामो समयसम्म बलात्कारको पीडा सहेको पीडितले प्रहरी समक्ष बताएकीछिन् ।

पछिल्लो पटक बुहारी घरमै भएको जेठ ५ गते बेला गिरीले जबरजस्ती करणी गरेको जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्