Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघ रुकुम पश्चिमका ४२ जनाकाे साधारण सदस्य नविकरण नहुने

tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखामा रहेका ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नहुने भएको छ ।

मंगलबार मुसिकोटस्थित कार्यालयमा बसेको शाखाको १० औँ पूर्ण बैठकले ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नगर्नलाई पत्रकार महासंघको कर्णाली प्रदेश र केन्द्रिय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

शाखाका सचिव हिरा परियारका अनुसार जिल्लास्थित पत्रकारका पेशागत संघ सगठनका प्रमुख, सस्थापक, सल्लाहकार, महासंघका केन्द्रीय र प्रदेश परिषद सदस्य, पूर्व पदाधिकारि र जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत केन्द्रिय कार्यालयको परिपत्र अनुसार रुकुम पश्चिम शाखाबाट सदस्यता नविकरण सिफारिसका लागि शाखाका उपाध्यक्ष गोपाल प्रसाद रेग्मीको सयोजकत्वमा सचिव हिरा परियार र सदस्य संगम देवकोटा सदस्य रहने गरि सदस्यता नविकरण समिति गठन गरिएको थियो ।

उक्त समितिले तयार पारेको प्रतिवेदनको आधारमा व्यापक छलफल गरि पत्रकारितामा सक्रिय नरहेका सदस्यहरुको साधारण सदस्यता नविकरण नगर्नलाई सिफारिस गर्ने निर्णय भएको सचिव परियारले बताउनुभयो ।

रुकुम पश्चिम शाखामा रहेका १०३ जना साधारण सदस्यहरु मध्यबाट विगतका दिनहरुमा पत्रकारितामा महत्त्वपूर्ण योगदान दिनुभएका र हाल पत्रकारितामा क्रियाशिल नरहनुभएका ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नगर्ने गरि नेपाल पत्रकार महासघ कर्णाली प्रदेश र केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रिय कार्यालयले तयार पारेको मापदण्डको आधारमा उक्त निर्णय भएको हो । नविकरणको लागि सिफारिसमा नपर्नेहरुमा सक्रिय राजनीतिमा रहेका, स्थायी सरकारी सेवामा रहेका, पत्रकारितामा लामो समयदेखि क्रियाशिल नरहेका सदस्यहरु रहेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्