Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुली जिप दुर्घटना अपडेट : गम्भिर अवस्थाका चार जना घाईतेलाई हेलिकोप्टरबाट उद्धार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा बिहिबार भएको जिप दुर्घटनामा परेर गम्भिर घाईते भएका चार जनालाई उपचारको लागि कोहलपुर लगिएको छ ।

उनीहरलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । हेलिकोप्टर मार्फत उद्धार गरिएकाहरुमा सानीभेरी गाउँपालिका ५ का ४६ वर्षिय गम्भिर कुसारी, सोहि वडाका २२ वर्षिय ललित बाँठा मगर, २ वर्षिय प्रसिद्ध कुसारी र २० वर्षिया अनिता कुसारी रहनुभएको छ ।

बिहिबार बिहान सानीभेरी गाउँपालिकाको वडा नम्वर ५ मेलचौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताईएको छ । तर, मृत घोषणा भने गरिएको छैन ।

घटनामा परेर घाईते भएका अन्य ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्