Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुली जिप दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, १० जना घाईते (विवरणसहित)

चार जना गम्भिर घाईतेलाई हेलिकोप्टरमार्फत उद्धार
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का ४८ वर्षिय देउचन खत्री, सोहि वडाका ७० वर्षिय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका ८ की २२ वर्षिया रेखा केसी खनाल र उहाँको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ कै २३ वर्षिया शितला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ ।

दुर्घटनामा परेर १० जना घाईते भएका छन् । घाईते मध्य चार जनालाई उपचारको लागि शिक्षण अस्पताल कोहलपुर लिईएको छ । उनीहरुलाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ । हेलिकोप्टर मार्फत उद्धार गरिएकाहरुमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षिय प्रेम बाँठा मगर, सोहि वडाका २२ वर्षिय ललित बाँठा मगर, २ वर्षिय प्रसिद्ध कुसारी र २० वर्षिया अनिता केसी रहनुभएको छ ।

अन्य घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । अन्य घाईतेहुनेहरुमा सानीभेरी गाउँपालिका ५ का ४६ वर्षिय कर्णबिर पुन, सोहि वडाकी १७ वर्षिया मनिषा बस्नेत, १७ वर्षिया रिता खत्री, २१ बर्षिया कल्पना केसी, ४६ वर्षिय गम्भिर कुसारी र ३५ वर्षिय दिपक बाँठा मगर रहेको प्रहरीले जनाएको छ ।

घाईते मध्य चालक दिपक बाँठाको खुट्टा भाँचिनुका साथै शरिरका विभिन्न भागमा चोट रहेको छ भने अवस्था गम्भिर रहेको छ । घाईतेहरुलाई लु १ ज २४७१ नम्वरको जिप र रा १ ज ७८१ नम्वरको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्ले ल्याईएको हो ।

बाँफिकोट गाउँपालिका वडा नम्वर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्वर ५ हाँसुदेखि दुलीहुँदै जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोचेखोलामा दुर्घटना भएको हो ।

जिप अनियन्त्रित भएर सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ । जिप पूर्णरुपमा क्षतिग्रष्त अवस्थामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्