Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाईसियल मुसिकोटको अध्यक्षमा बिष्णु रेउले चयन

tribeni2

रुकुम पश्चिम / माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल मुसिकोट नगरपालिकाको दोस्रो भेला सम्पन्न भएको छ ।

भेलाले बिष्णु रेउलेको अध्यक्षतामा ४५ सदस्यीय नगरकमिट कमिटि चयन गरेको वाईसियल मुसिकोट नगर कमिटिका निवर्तमान अध्यक्ष राजु बिकले जानकारी दिनुभयो । 

उहाँका अनुसार वाईसियल मुसिकोटको उपाध्यक्षमा कुमार ओली र किरण विश्वकर्मा, सचिवमा गणेश पाण्डे, सह सचिवमा राजु खडका र कोषाध्यक्षमा रितु सुनार निर्वाचित हुनुभएको छ ।

वाईसियल मुसिकोट नगर कमिटिका निवर्तमान अध्यक्ष राजु बिकको अध्यक्षतामा भएको उक्त भेलामा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला ईन्चार्ज बसन्त कुमार शर्माको प्रमुख आथित्यता र वाईसियल रुकुम पश्चिमका जिल्ला ईन्चार्ज जनक बिश्वकर्माको बिशेष आथित्यता रहेको थियो ।

त्यसैगरी भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य श्रीकुमार कठायत, मुसिकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का, सचिव शुसिल गौतम, वाईसियल नेपाल केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर थापा, जिल्ला संयोजक गोविन्द ओली, प्रदेश कमिटी सदस्य धनमाया बोहरा लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्