Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
वडा सरकार

जनमैत्री कार्यमै मुसिकोट १२ को वडा सरकारका एक वर्ष

नौ जना पत्रकार सम्मानित
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ को कार्यालयले पछिल्लो एक वर्षको अवधिमा उल्लेखनिय जनमैत्री कार्य गरेको पाईएको छ ।

मुलुक संघीयतामा गएपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा सरकारले शुक्रबार सार्वजनिक गरेको एक वर्षे प्रगतीमा उक्त कुरा उल्लेख भएको हो ।
जनप्रतिनिधिहरुको एक वर्षे प्रगति विवरण सार्वजनिक तथा समिक्षा कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरुले मुसिकोटको वडा नम्वर १२ ले जनमैत्री कार्य गरिरहेको बताए ।

वडा अध्यक्ष धिरन सिर्पालीले प्रस्तुत गर्नुभएको प्रगती विवरणपछि सहभागीहरुले वडामा उल्लेखनिय भएको भन्दै प्रशंसा समेत गरेका छन् । कार्यक्रममा वडाध्यक्ष सिर्पालीले पछिल्लो एक वर्षको अवधिमा जनताको घरदैलोमा पुग्नेगरी गतिविधिहरु गरिरहेको बताउनुभयो ।

उहाँले वडाध्यक्षले पाउने सुविधाबाट घरमै पुगेर सुत्केसी स्याहार खर्च हस्तान्तरण गर्नुका साथै विपन्न, सहिद, सहाराबिहिन र जेष्ठ नागरिकहरलाई सम्मान गरेको जानकारी दिनुभयो । सुत्केरी स्याहार खर्च ३१ जनालाई जनहि तीन हजारको दरले उपलब्ध गराईएको छ ।

वडाध्यक्षका अनुसार वडामा आफ्नो वडा आफै बनाउ र सिकौ र सिकाउ अभियान सञ्चालन गरेर घरघरमा पुग्ने र सरकारका योजनाहरुमा जनताको साथ जुटाउने काम गर्ने गरेको जनाउनुभयो । एक वर्षको अवधिमा वडा सरकारले १७ जना मुटु, मृगौला तथा दिर्घ रोगीको स्वास्थ्य बिमा गरिदिएको छ भने ५० बढी किसानलाई बीउविजन उपलब्ध गराएको छ । त्यसैगरी वडामा पशु सेवा तथा पशु बिमा कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

वडाले धुम्रपान निधेषका लागि सचेनामुलक बोर्ड राख्नुका साथै टोल टोलमा गएर आम भेला मार्फत बस्तिस्तरका योजना छनौट गर्ने गरेको छ ।

करिब तीन लाख राजश्व संकलन

वडाले यस अवधिमा दुई लाख ७९ हजार ४६८ रकम संकलन गरेको जनाएको छ । वडा कार्यालयबाट एक वर्षको अवधिमा दुई हजार २३० जना नागरिकलाई सेवा दिएको समेत बताईएको छ ।

कार्यक्रममा एक वर्षको अवधिमा वडा भित्र ६ किलोमिटर सडकको स्तरोन्नती गरिनुका साथै तीन किलोमिटर नयाँ सडक निर्माण गरिएको, १.६ किलोमिटर पिसीसी गोरेटो बाटो निर्माण गरिएको, ६.५ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको, १९० घरधुरीमा खानेपानी निर्माण गरिएको र ९१ घरधुरीलाई सिंचाई सुविधा दिईएको बताईएको छ ।

वडा अध्यक्ष सिर्पालीले ११ कोठे बिद्यालय भवन, चार वटा सामुदायीक भवन, चार सार्वजनिक शौचालय दुई वटा मन्दिर निर्माण गरिएको बताउनुभयो ।

नौ जना पत्रकार सम्मानित

उक्त कार्यक्रममा सञ्चारका क्षेत्रबाट वडाको हितका लागि सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, गोरखापत्र दैनिकका राजु लामिछाने, कान्तिपुर दैनिकका महेश केसी, नेपाल टेलिभिजनका अमरराज पुन, प्राईमटाईम टेलिभिजनका भरत चन्द, रेडियो सानीभेरी एफ.एम.का परिचन्द्र खत्री, प्रेसपालिका अनलाईनका दिपेन्द्र महतारा र घनश्याम खड्का र उजेली न्युज अनलाईनका गोबिन्द थापालाई कदर पत्रसहित सम्मान गरिएको हो ।

वडा अध्यक्ष धिरण सिर्पालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव देविलाल पुनले गर्नुभएको थियो भने वडा सदस्य लालबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापक, वडासदस्यहरु, पत्रकारहरु, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्