Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निशुल्क कान स्वास्थ्य शिविरबाट ५३८ जनालाई सेवा

tribeni2

रुकुम पश्चिमको मुसिकोटमा दुई दिने निशुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बिहिबार र शुक्रबार भएको शिविरबाट ५३८ जनाले सेवा लिएको बताईएको छ । शिविर आयोजक आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीका अनुसार चेकजाँच गरिएका मध्य ६७ जना कानका बिरामी अप्रेशनका लागि छनौट भएका छन् भने ७२ जनालाई निशुल्क श्रवनयन्त्र वितरण गरिएको छ ।

अप्रेशनको लागि छनौट भएका बिरामीहरु आगामी जेठ ३२ र असार १ गते जिल्ला अस्पताल सल्लेमा निशुल्क अप्रेशन हुने प्रमुख केसीले जानकारी दिनुभयो ।

नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, बि.एन.(ब्रीटेन नेपाल), सामुदायिक कान उपचार सेवा, सिद्धार्थ अस्पताल बाँके नेपालगन्जको प्राबिधिक सहयोग, मुसिकोट नगरपालिका रुकुम पश्चिम र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा रुकुम तथा आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको आयोजनामा शिविर सम्पन्न गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्