Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शैक्षिक गुणस्तर सुनिश्चितताका लागि स्वमूल्यांकन कार्यशाला सुरु

tribeni2

रुकुम पश्चिमको मुसिकोट खलङगा बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर सुनिश्चितताका लागि तीन दिने स्वमूल्यांकन कार्यशाला सुरुवात भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले उक्त कार्यशालाको उद्घाटन गर्नुभयो ।

उद्घाटन सत्रमा बोल्नुहुँदै समन्वय प्रमुख गौतमले शैक्षिक गुणस्तर बढाउन र शिक्षा क्षेत्रमा सुधार ल्याउन कार्यशाला फलदायी हुने विश्वास रहेको बताउनुभयो । कार्यक्रममा उहाँले शिक्षण संस्थाहरु च्याउ सरह खुलेका तर गुणस्तरता ह्रास हुदै गएको भन्दै चिन्ता व्यक्त गनुभयो ।

समन्वय समितिले जिल्ला सभा मार्फत गुणस्तरिय शिक्षाका लागि जनशक्तिको खुल्ला प्रतिश्पर्धा मार्फत भर्ना, विद्यालय मर्ज र शिक्षा क्षेत्रको बिकृति अन्त्यका लागि निर्णय भएको उहाँले जानकारी गराउनुभयो ।

समन्वय प्रमुख गौतमले भौतिक विकास भएको तर मानविय विकासको आवश्यकता खड्किएको बताउँहुँदै जीवनोवयोगी शिक्षा जरुरत रहेको उल्लेख गर्नुभयो । शिक्षा क्षेत्रमा कमी हुँदै गएको गुणस्तरियताको कारण बिद्यार्थीहरु लागुपदार्थको दुव्र्यसनमा फसेको, बालविवाह र बहुविवाहको दर बढेको, आत्महत्याका घटनाहरु हुने गरेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वबिद्यालयका गुणस्तर सुनिश्चितता निर्देशनालयका कार्यकारी निर्देशक डा. शुसिल कुमार शाहीले राष्ट्रले लिएको गुणस्तरिय शिक्षा नीति र उच्च शिक्षामा विश्वव्यापीकरणको लागि कार्यशाला महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले आफू संलग्न शैक्षिक संस्थाको शैक्षिक गुणस्तर स्वमूल्यांकन गरेर देखिएका समस्याहरु समाधनको बाटो देखाउन तालिम उपलब्धिमुलक हुने जनाउनुभयो । शैक्षिक संस्थाहरु गुणस्तरिय शिक्षा र सीपमुलक जनशक्ति उत्पादनको मुख्य थलो भएको उहाँको भनाई रहेको छ ।

कार्यशाला उद्घाटन सत्रमा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा शैक्षिक गुणस्तर स्वमूल्यांकन समितिका संयोजक डम्बर बहादुर खड्काले शिक्षालयको संख्यात्मकतासँगै गुणस्तरतालाई कायम गर्न तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर मूल्यांकनको अभियान अन्तर्गत विश्व बिद्यालय अनुदान आयोगको सहयोगमा तीन दिने कार्यशाला सुरुवात गरिएको बताउनुभयो ।

आयोजक मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख बुद्धि प्रसाद गौतमले जिल्ला बाहिरका एक क्याम्पसबाट दुई जना प्राध्यापकहरु तालिमका सहभागी हुनुभएको बताउनुभयो । उहाँले क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यानको आधारका रुपमा कार्याशालाई लिईएको बताउनुभयो । आफू संलग्न शैक्षिक सस्थाको शैक्षिक गुणस्तरको स्वमूल्याकन गरेर प्रतिवेदन तयार हुने उहाँले जानकारी दिनुभयो ।

तालिमममा शिक्षालयको भौतिक अवस्था, पाठ्यक्रमको अवस्था, अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधिहरु, प्रकाशनहरु लगायतका विभिन्न बिषयमा आफैलाई फर्केर हेर्ने काम हुनेछ । कार्याशालाले शैक्षिक सुधारमा लागि महत्वपूर्ण पृष्ठपोषण प्राप्त हुने क्याम्पस प्रमुख गौतमले जानकारी दिनुभयो ।

कार्यशालाको सहजिकरण मध्यपश्चिम विश्वबिद्यालयका गुणस्तर सुनिश्चितता निर्देशनालयका कार्यकारी निर्देशक डा. शुसिल कुमार शाही, सदस्यद्वय राजेश गौतम जोशी र रमेश खत्रीले गर्नुहुने छ ।

कार्यशालामा मध्यपश्चिम विश्वबिद्यालयका आंगिक क्याम्पस र त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुका २५ जना प्राध्यापकहरुको सहभागिता रहेको छ । सुर्खेतको भेरी बहुमुखी क्याम्पस र बिद्यापुर जनता बहुमुखी क्याम्पस, रोल्पाको जलजला बहुमुखी क्याम्पस, सल्यानको जनकल्याण क्याम्पस थारमारे र शारदा क्याम्पस शंखमुल, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस र रुकुम पूर्वको सिस्ने बहुमुखी क्याम्पसका प्राध्यापकहरुको तालिममा सहभागिता रहेको छ ।

त्यसैगरी रुकुम पश्चिमको मुसिकोट खलङगा बहुमुखी क्याम्पस, रुकुमेली क्याम्पस, शितल क्याम्पस, राडिज्युला क्याम्पसका प्राध्यापकहरुको पनि कार्याशालामा सहभागिता रहेको छ । कार्यशाला उद्घाटन सत्रको सञ्चालन मुसिकोट बहुमुखी क्याप्पसका उप प्राध्यापक डुण्डीराज शर्माले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा क्याम्पसको गुणस्तर मापन समितिका सदस्यहरु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका क्याम्पस प्रमुख बलाराम भण्डारी, सिस्ने क्याम्पस रुकुमकोटका क्याम्पस प्रमुख तिब्र गौतम, जलजला बहुमुखी क्याम्पस रोल्पाका पूर्व क्याम्पस प्रमुख कृष्ण प्रसाद न्यौपाने, रुकुमेली क्याम्पसका सहायक क्याम्पस प्रमुख दौलत बिएम, स्ववियु उपाध्यक्ष करिष्मा केसी, रुकुम उद्योग वाणिज्य संघका सदस्य रबिन्द्र कुमार बिष्ट लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्