Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १० को झ्याङ बस्तीमा 'लसुनपार्क' निर्माण

लसुन उत्पादन हुने गाउँको चिनारीको लागि पार्कका बिचमा लसुनको स्तम्भ राखियो
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० मा लसुनपार्क निर्माण गरिएको छ । वडामा सबैभन्दा बढी लसुन उत्पादन हुने झ्याङ बस्तीको बिचमा लसुनपार्क बनाईएको हो ।

वडाध्यक्ष धनबहादुर खड्काले दिनुभएको जानकारी अनुसार लसुन उत्पादन हुने गाउँको पहिचान स्थापीत गर्न सार्वजनिक पार्कमा लसुनको स्तम्भ बनाएर लसुनपार्क नामाकरण गरिएको हो ।

टोलमा हुने आमा समुह, वन समुह लगायत विभिन्न सार्वजनिक बैठक तथा छलफलको लागि उपर्युक्त स्थानको अभाव खड्किएपछि वडा कार्यालयले सार्वजनिक स्थानमा चौतारी तथा बिसाउनी निर्माणका लागि योजना बनाएको थियो । सार्वजनिक पार्क बनाउने उद्धेश्यबाट सुरु गरिएको यस योजनामा थोरै बजेट थप्दा लसुनपार्क नै बन्ने भएपछि करिब पचास हजारको लगानीमा लसुनको स्तम्भ थपिएको हो ।

लसुन पार्क निर्माणको लागि वडा कार्यालयले दश लाख रकम लगानी भएको जनाएको छ । यस कार्यमा स्थानीयवासीले समेत स्वतस्फूर्त रुपमा विभिन्न सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।

बस्तीको बिचमा बनाईएको उक्त लसुनको स्तम्भ स्थानीयस्तरमै सोहि गाउँका बुद्धिराज बुढाले निर्माण गर्नुभएको हो । स्थानीय क्षमताको सदुपयोग र बस्तीको उत्पादनको समेत प्रचार गर्न सकिने भएकोले लसुन पार्क बनाईएको वडाध्यक्ष खड्कोल बताउनुभयो ।

झ्याङ बस्ती व्यवसायीक रुपमा लसुन खेती गर्ने वडाकै पहिलो बस्ती हो । यस बस्तीमा रहेका ३० घर परिवार नै व्यवसायीक लसुन खेतीमा लागेका छन् । सोहि बस्तीका देबिका खड्काले गाउँको बिचमा लसुनको सालिक बनाएर किसानले गरेका उत्पादनको प्रचारको लागि महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले बस्तीमा सार्वजनिक बिसाउनी र लसुन पार्क बन्नु दोहोरो फाईदा भएको उल्लेख गर्नुभयो ।

यहाँका एक घरले एक सिजनमा डेढ लाख सम्मको लसुन बिक्रि गर्ने गरेका छन् । यस बस्तीमा एक सिजनमा करिब दुईसय क्विन्टल लसुन उत्पादन र बिक्रि हुने गरेको छ । यहाँको लसुन जिल्ला भित्र र जिल्ला बाहिर बिक्रि हुने गरेको छ ।

लसुनको बजारीकरणमा समेत वडा कार्यालयले सहजिकरण गरेर व्यापारीहरु गाउँमै आउने वातावरण बनाएको छ । गाउँमै लसुन किन्न व्यापारीहरु आउने भएपछि व्यावसायीक किसानहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्