Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नापी कार्यालयमा आउने पहिलो सेवाग्राहिलाई सम्मान

tribeni2

रुकुम पश्चिम / नापी कार्यालय रुकुम पश्चिमले कार्यालयमा आउने सेवाग्राहिलाई सम्मान गरेको छ ।

कार्यालयले पहिलो आउने सेवाग्राहिलाई दोसल्ला लगाएर सम्मान गर्नुका साथै फूल दिएर स्वागत गरेको हो ।

कार्यालय प्रमुख ई.तुल्सीराम भुषालका अनुसार नापी विभागको ६६ औं स्थापना दिवसको अवसर पारेर पहिलो सेवाग्राहिलाई सम्मान गरिएको हो । कार्यालयमा आउने पहिलो सेवाग्राही त्रिवेणी गाउँपालिका ३ का विरभान ओलीलाई सम्मान गरिएको हो ।

यसका साथै अन्य कार्यक्रम समेत गरेर विभागको स्थापना दिवस मनाएको कार्यालय प्रमुख भुषालले बताउनुभयो ।

दिवसकै अवसरमा कार्यालयका कर्मचारी गेदलाल खत्रीलाई प्रशंसापत्रले सम्मान गरिएको छ । कार्यालय सहयोगी खत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो । त्यसैगरी दिवसकै अवसरमा कार्यालय परिसर सरसफाई समेत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्