Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली चिनाउन कस्सिएकी सिर्जनालाई पचास हजारसहित सानीभेरीद्वारा सम्मान

२०८० जेठ १४
tribeni2


रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकाले पर्यटनकर्मी तथा युवा अभियान्ता सिर्जना ओलि सिज्जु लाई नगद सहित सम्मान गरेको छ । पर्यटन प्रवर्द्धनको क्षेत्रमा योगदान पुर्यायकाे भन्दै सानीभेरी गाउँपालिका -११ की ओलीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले समेत राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मान गरेकाे थियो ।

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले गाउँपालिकाले पनि ओलीलाई कदर पत्र र नगद पचास हजार रुपियाँ सहित सम्मान गरेको जानकारी दिनुभयो । ओलीले समग्र रुकुम र सानीभेरी गाउँपालिकाको शिर उच्च राखेको भन्दै स्थानीय सरकारको तर्फबाट सम्मान गरिएको अध्यक्ष बिष्टले बताउनुभयो । ओली कर्णाली चिनाउने अभियानमा लाग्नुभएको छ ।

लुकेका पर्यटनका सम्भावनाहरुलाई उजागर गर्न उहाँ सक्रिय हुनुहुन्छ । कर्णालीमा दुःख मात्र होइन सम्भावना पनि छ भनेर देखाउने उदेश्यले उहाँ लागि पर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्