Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन

tribeni2

रुकुम पश्चिम/ नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले दिप प्रज्वलन गरेको छ । गणतन्त्र दिवसको पूर्व सन्ध्यामा महासंघको मुसिकोट नगरपालिका १ खलङगामा रहेको सम्पर्क कार्यालयमा दिप प्रज्वलन गरिएको हो ।

जिल्लास्थित संचारकर्मीहरु, सरोकारवाला निकायहरुको सहभागितामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार मुलुकमा भएको ऐतिहासिक परिवर्तनको महत्वपूर्ण दिनको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा मुलुकमा गणतन्त्र प्राप्तीका लागि प्राण आहुती गर्नुहुने महान् सहिदहरुको सम्झनामा मौनधारण समेत गरिएको थियो । सरकारले जेठ १५ गतेको दिन गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ ।

यसैगरी जिल्लास्थित विभिन्न कार्यालयहरुले गणतन्त्र दिवसकै अवसरमा कार्यालय परिसर सरसफाई र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार १५ गते दिवसको दिन रयाली सहित विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाउने तयारी रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्