Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाढीले प्रदेश २ मा १३ हजार बढी विस्तापित

काठमाडौं ३१ असार ।
tribeni2

बाढी पहिरोका कारण प्रदेश २ का आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका छन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी महोत्तरीमा ५ हजार २ सय परिवार र सबभन्दा कम धनुषामा २ सय ७९ घरपरिवार मात्र विस्थापित भएका छन् ।

सप्तरीमा ३ हजार, सिरहामा २ हजार ५३४, सर्लाहीमा २ हजार १०५, रौतहटमा १ हजार, बारामा १ हजार ३२४ र पर्सामा २ हजार ५७२ परिवार विस्थापित भएका छन् । प्रदेश २ का आठ जिल्लाका ३ हजार ५ सय ३० परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

सबभन्दा बढी सिरहामा १ हजार ११ घर बाढीले भत्किएका छन् । यस्तै आठ जिल्लाका ६ लाख ७९ हजार ३१५ मानिस बाढी तथा वर्षाबाट प्रभावित बनेका छन् ।

यसैबिच बाढी, पहिरो र डुबानका कारण देशभर भएको विपत्तीमा राहत र उद्धारमा जुट्न राष्ट्रिय जनता पार्टी राजपाले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै वेपताहरुको यथाशिघ्र खोजी कार्य र पीडितहरुको लागि राहत र उद्धार कार्यमा पार्टीका सम्पूर्ण तहका नेता कार्यकर्ताहरुलाई जुट्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  ०६:०७
प्रतिक्रिया दिनुहोस्