Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडियो पुर्वी रुकुम पाँचौ वर्ष प्रवेश

२०८० जेठ १५
tribeni2

रुकुम पूर्व / जिल्लाको रुकुमकोटबाट प्रशारित रेडियो पुर्वी रुकुमले आफ्नो चौथो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

जिल्लाकै पहिलो मिडियाको रुपमा पुर्वी रुकुम बहुउद्देश्यीय समाज बिकास केन्द्रद्धारा संचालित गणतन्त्र नेपालको समाबेशी आवाज रेडियो पुर्वी रुकुमले सोमबार एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

२०७६ जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा रुकुमकोटबाट प्रशारण सेवा सुरु गरेको रेडियोले आज देखि प्रशारण सेवाको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रबेश गरेको छ ।

संचालक समितिका अध्यक्ष लालबहादुर बिसीको अध्यक्षता संचालन गरिएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्लाका ३ वटै गाउँपालिका अध्यक्षहरुको विशेष आतिथ्यता रहेको थियो ।

वार्षिक उत्सवको अवसरमा रेडियोले वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको थियो । समाज रुपान्तरणमा रेडियोको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सिस्ने गाउँपालिका ३ का अमर खत्री प्रथम, सिस्ने गाउँपालिका ६ का टीका केसी द्धितीय र सिस्ने गाउँपालिका ५ का क्षितिज घर्ती तृतीय हुनुभएको हो ।

प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई क्रमश तीन हजार पाँच सय, तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको छ ।

साथै वार्षिक उत्सवको अवसरमा रेडियोले स्थापना कालदेखि कार्यरत पूर्व कर्मचारीका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्