रुकुम पूर्वमा समाजवादी प्रेस संगठनको नयाँ कमिटी चयन

२०८० जेठ १६

रुकुम पुर्वमा समाजवादी प्रेस संगठन नेपालको प्रथम भेला सम्पन्न भएको छ ।

उक्त भेलाले हिरा बुढाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपालको नयाँ कमिटी चयन गरेको हो । जस्को उपाध्यक्षमा सुरेशमान बि.क. र राधा खड्का रहनुभएको छ । सचिवमा प्रेमा जिएम, सहसचिवमा मोहोन रामाजाली र कोषाध्यक्षमा रुमानी गौतम चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा मनिष मल्ल, सुजाता मल्ल। नेहा रोका मगर, रमिता सुनार, रविन सुनार सहित एकजना पछि थप गर्ने गरी उक्त कमिटी गठन गरिएको छ । प्रेमा जिएमको अध्यक्षतामा सुरु भएको भेलामा समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदय नारायण भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा एकीकृत समाजवादी रुकुम पूर्वका अध्यक्ष भिउमान घर्ती, जिल्ला सचिव भुवनेश्वर उपाध्याय, जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहोन केसी, युवा संघका केन्द्रीय सदस्य लजिम ओली, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रतिज्ञा मगर लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण प्रेस संगठन नेपालका केन्द्रीय सदस्य अम्मर राज पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्