Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

२०८० जेठ १७
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले हालसम्म सम्पादन गरेका कार्य प्रगतिहरु प्रस्तुतीका साथै आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

बुधबार गाउँपालिकाले एक कार्यक्रमक आयोजना गर्दै गाउपालिकाको कार्यालयमा जिल्लाका विभिन्न राजनीतिक दलहरु, पत्रकारहरु, स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा गाउपालिकाले आथिक वर्ष २०७९/८० मा जिल्लामा संचालन गरिएका बिबिध योजना तथा गाउँपालिकाको उपलब्धिका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास बिक्रम शाहले स्थानीय सरकारबाट भैरहेका सेवा प्रवाह का बारेमा जानकारी गराउनुभएको थियो । यस्तै गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सहभागीहरुलाई गाउँपालिकाले हाल सम्म गरेका कार्य प्रगतिको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले दोस्रो स्थानीय सरकार निर्वाचित भैसकेपछि नीति, नियम निर्माण, योजना निर्माण, गाउँपालिकाको वस्तुगत अवस्था, हालसम्म गरिएका बिकास निर्माणका कार्यहरु का बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले गरेका नीतिगत, भौतिक, आर्थिक, सामाजिक, मानवीय लगायतका क्षेत्रका प्रगतिहरुका बारेमा पनि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी हरुले स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी लगाएतका विषयहरुमा आफ्ना जिज्ञासाहरु राखेका थिए । सहभागीका जिज्ञासाहरुको जवाफ गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत बिकास बिक्रम शाह, लगाएत विभिन्न शाखाका प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहोन केसी, गाउँपालिका अध्यक्ष रेग्मी, उपाध्यक्ष रेउले, लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्