Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भेरीको पुल अलपत्र पार्ने वाइपी कन्स्ट्रक्सनसहित २४ वटा निर्माण कम्पनी कालो सूचीमा

tribeni2

काठमाडौ / सार्वजनिक खरिद् अनुगमन कार्यालयले वाइपी कन्स्ट्रकसन र पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

तोकिएको अवधिमा निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाहीका लागि विभिन्न निकायले लेखी पठाएअनुसार सार्वजनिक खरिदले कालो सूचीमा राखेको हो।

कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा परेको अवधिभर उनीहरूले नयाँ ठेक्का प्रक्रियामा सामेल हुन नपाउने कार्यालयले जानकारी दिएको छ।

भरतपुरको कलेज अफ इम्प्लोइमेन्ट प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

कारबाहीमा पर्नेमा, पप्पुरकोशी एण्ड न्यौपाने जेभी, वाइपी कन्स्ट्रकसन, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी, श्री आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि, चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फैसल एण्ड अफजल कन्स्ट्रक्सनलगायत रहेका छन्।

वाइपी कन्स्ट्रकसनले मध्यपहाडि राजमार्ग अन्गर्तत रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुुदु जोड्ने भेरी नदिमाथीको पुल लामो समयसम्म निर्माण नगरेर अलपत्र पारेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्