Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविमा पेशागत क्षमता विकासका लागि तालिम सुरु

२०८० जेठ १९
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा शिक्षकहरुको पेशागत क्षमता विकासका लागि ३ दिने अभिमुखीकरण कार्यक्रम सुरुवात गरिएको छ ।

बिद्यालयको आयोजनामा आज एक कार्यक्रमका बिच उक्त कार्यक्रमको उद्धघाटन गरिएको हो । बिद्यालयमा अध्यापनरत शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापमा मद्धत पु¥याउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको बताईएको छ ।

बिद्यालयको शिक्षण सिकाई क्रियाकलाप सुधार, बिद्यार्थी अनुशासन, सकारात्मक शिक्षा, स्मार्ट एजुकेशन लगाएतका विषयमा शिक्षकहरुलाई जानकारी गराईने बिद्यालयका प्रधानाध्यापक एवम् अभिमुखीकरण कार्यक्रमका सहजकर्ता चन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिकाले शिक्षामा सुधार गर्ने योजना सहित स्मार्ट एजुकेशनमा जोड दिएको तर शिक्षकहरुमा यससम्बन्धि पर्याप्त ज्ञान नभएको हुदा क्षमता अभिबृद्धिमा मद्धत पु¥याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।

शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बिद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लको अध्यक्षतामा उद्धघाटन गरिएको उक्त कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी माधव शर्माको बिशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख तिलक गौतम, ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेत, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले शिक्षालाई प्रबिधिमैत्री बनाउन यस किसिमका अभिमुखीकरण कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । रुक्मिणी मा.बि.ले गरेका सकारात्मक क्रियाकलापहरुलाई जिल्लाका अन्य बिद्यालयहरुले पनि पछ्याउदै जाने हँुदा यस बिद्यालयले उत्कृष्ट कार्य गर्न उपस्थित सबैले सुझाएका छन् ।

बिद्यालयका सहायक प्रधानाध्यापक पञ्च बहादुर के.सी. को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक हरि थापाले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्