Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालमैत्री कक्ष स्थापना गर्न जिल्ला प्रहरी कार्यालयलाई सहयोग

tribeni2

जाजरकोट / जिल्ला प्रहरी कार्यालय जाजरकोटको बालमैत्री अनुसन्धान प्रक्रियालाई सहज र प्रभावकारी बनाउनका लागि सामग्रीहरु हस्तान्तरण गरिएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित अवसर दोस्रो परियोजना मार्फत सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटका उपाध्यक्ष अशुरुपा श्रेष्ठले शुक्रवार जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई दराज, सोफा, टेबुल, कुर्सी, बेन्च, कार्पेट, लो बेड, कुसन, डोरम्याट, घडी, फ्यान, स्टिल जग, फिल्टर र सेनीटर प्याड बक्स लगाएतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

बालमैत्री अनुसन्धान प्रक्रियालाई सहज बनाउने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय जाजरकोट, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र स्तनपान कक्षका लागि सामाग्रिहरु हस्तान्तरण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका उपाध्यक्ष अशुरुपा श्रैष्ठले बताउनुभयो ।

हस्तान्तरणका क्रममा बोल्दै सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक अनन्त बिकले बालबालिकामाथि हुने हिंसाको न्यूनिकरण गर्न सदैव प्रहरीसंग सहकार्य गर्ने बताउनु भयो । हस्तान्तरण कार्यक्रममा क्षेत्र विकास अभियान जाजरकोटका परियोजना संयोजक जानकी खड्काले कार्यक्रमको बारेमा जानकारी गराउनुका साथै सामग्री हस्तान्तरण गर्नुको उदेश्यमाथि प्रट्याउनु भएको थियो ।

प्रहरी नायब उपरिक्षक सन्तोष रोकाले बालमैत्री कक्ष स्थापना गर्न र प्रभावकरी सेवा प्रवाह गर्नका लागि उपलब्ध सामग्रीले सहज हुने बताउनुभयो । साथै गुणस्तरिय र प्रभावकारी सेवा प्रवाहका लागि सहकार्य गर्न प्रहरी सदैव तयार रहेको समेत रोकाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्