Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा योग शिविर सम्पन्न

tribeni2

रुकुम पश्चिमको मुसिकोटमा २१ दिने निशुल्क योग शिविर सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाको आर्थिक व्यबस्थापन तथा आयुर्वेद औषधालय शाखाको आयोजनामा मुसिकोट नगरपालिकाको वडा नम्वर १ बालमन्दिरमा सञ्चालन भएको निशुल्क योग शिविर शनिबार समापन गरिएको हो । मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले प्रमुख आथित्यतामा भएको कार्यक्रमका बिच शिविर समापन गरिएको हो ।

योग र साधना मार्फत मानव जीवन स्वस्थ र सुखि बनाउने उद्धेश्यका साथ शिविर सञ्चालन गरिएको मुसिकोट नगरपालिका आयुर्वेद औषधालय शाखाका वरिष्ठ कविराज निरीक्षक (अधिकृत सातौ) राजेन्द्र केसीले जानकारी दिनुभयो । शिविरमा स्थानीय दैनिक ७० जना स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यस अघि मुसिकोट नगरपालिका ५ को सेरीगाउँमा पनि सोहि शिविर सञ्चालन गरिएको थियो । बैशाख ८ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा दैनिक ५० बढीको सहभागिता रहने गरेको थियो ।

शिविरको सहजिकरण योग प्रशिक्षक समोज देवकोटाले गर्नुभएको थियो ।

शिविर समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का वडा अध्यक्ष समिर जंग मल्ल, वडा नम्वर १ का वडा अध्यक्ष ज्ञानु चन्द, वडा नम्वर ७ का वडा अध्यक्ष एक्क बहादुर पाण्डे लगायतको आथित्यता रहको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्