Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गैसस रुकुम पश्चिमको अध्यक्षमा भिमराज चयन

tribeni2

गैर सरकारी सस्था महासंघ नेपाल रुकुम पश्चिमको अध्यक्षमा भिमराज ओली चयन हुनुभएको छ ।

शनिबार रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा भएको गैर सरकारी सस्था महासंघ नेपाल रुकुम पश्चिमको १३ औं साधारण सभा तथा पाचौ जिल्ला अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

महासंघको जिल्ला उपाध्यक्षमा केशनकुमार क्षेत्रियाल, सचिवमा गोकर्ण खड्का, सह सचिवमा खिमा डाँगी र कोषाध्यक्षमा भिमबहादुर डाँगी चयन हुनुभएको छ ।

नव निर्वाचित कार्यसमितिको जिल्ला सदस्यहरुमा भिमबहादुर खड्का, रिता घर्ती, युनिसा परियार सीता, टेकबहादुर ओली, आशिष पुन, टोेपेन्द्र हमाल, मनिषा केसी र निवर्तमान अध्यक्ष नारायण कुमार शाह चयन हुनुभएको नव निर्वाचित अध्यक्ष भिमराज ओलीले जानकारी दिनुभयो ।

महासंघका जिल्ला अध्यक्ष नारायण कुमार शाहको अध्यक्षतामा भएको अधिवेशनमा महासंघका केन्द्रिय सचिव दिपेन्द्र प्रकाश डिसीको प्रमुख आथित्यता, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको बिशेष आथित्यता र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको आथित्यता रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्